- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने

August 19, 2018
1695
Shares
k|wfgdGqL cf]nL ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o ;"rgf lbj; @)&% sf cj;/df /fli6«o ;"rgf cfof]uåf/f cfOtaf/ sf7df8f}Fdf cfof]lht ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M gjLg kf}8]n, /f;;
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २०७५ साल भाद्र ३ गते आइतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना दिवस-२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित समारोहमा उहाँले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अधिकारको मात्रै कुरा ग¥यौंँ, प्राप्त भएका अधिकार प्रयोग गर्ने सन्दर्भमा कतिपय कुरा अपुग रहेछन् भने सो कुरा उठाउनु राम्रो हुन्छ, व्यक्तिका धेरै अधिकार मौलिक हकका रुपमा आइसके ।”

- ADVERTISEMENT -

Advertisement

सूचनाको हकसँगै गोपनीयताको हक पनि रहन्छ भन्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्रताको हकसँगै सामाजिक मर्यादा, दायित्व र कर्तव्य पनि बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगकै क्रियाकलापबाट विद्यार्थीले आफ्नो उत्तरपुस्तिका र लोकसेवा आयोगका प्रतियोगीले आफ्नो प्राप्ताङ्क हेर्न पाउनेलगायत नागरिकले सूचनाको हक उपभोग गर्न पाएको अवगत गराउनुभयो ।

आयोगका आयुक्त किरणकुमार पोखरेलले लोकतन्त्रमा सबै निकाय आफैँ जवाफदेही र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै नागरिक सूचना माग्न नआए पनि सम्बन्धित निकायले सूचना सार्वजनिक गर्नुपर्ने बताउनुभयो । आयुक्त यशोदादेवी तिम्सिनाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कार्यान्वयन गर्नका लागि सरकारी निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन पनि सूचनाको हक प्रमुख औजार हुने धारणा व्यक्त गर्नुभयो ।

आयोगका निमित्त सचिव गीताकुमारी हुमागार्इंले सूचनाको हकलाई मौलिक हकमा उल्लेख गरेर मात्र जनताले सहज रुपमा सार्वजनिक सरोकारका सूचना पाउन नसक्ने भएकाले आयोगजस्ता सम्बन्धित निकाय क्रियाशील हुनुपरेको बताउनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com