- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

“विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा कबिता पठाउन अनुरोध

August 10, 2018
2612
Shares
- ADVERTISEMENT -

नेपालमा मनोविज्ञानको क्षेत्रमा लागि पर्नुहुने मनोविज्ञहरुद्वारा स्थापित विशुद्ध गैर नाफा मूलक गैर सरकारी संस्था हो, The School of Psychology Nepal (TSOP Nepal). जसको एकमात्र लक्ष्य नेपालमा सबैका लागि मानसिक स्वास्थ्यमा पहुच पुर्याउन सहकार्य गर्नु हो ।

यो संस्था सन् २०११ मा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा दर्ता गरी संचालन गरिएको हो । यो सस्था समाज कल्याण परिषदसंग पनि आवद्धता रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा बहुसांस्कृतिक मूल्य र मान्यतालाई अनुसरण गर्दै मनोविज्ञानको क्षेत्रमा काम गर्न कटिबद्ध रहेको छ । यसै उद्देश्यका साथ यो संस्था नेपालमा अध्ययन, अनुसन्धान, तालिम, वर्कशप, पब्लिकेशन र समुदाय स्तरीय व्यक्तिगत तथा सामूहिक मनोबैज्ञानिक र मनोसामाजिक सहयोग पुर्याउने जस्ता कार्यहरु गर्दै आइरहेको छ । यसको लागि समान उद्देश्य भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थाहरु र व्यावसायिक संघ सस्था, संगठनहरुसंग सहकार्य पनि गर्दै आइरहेको छ ।

विश्वमा हरेक वर्ष सन् २००३ देखि  सेप्टेम्बर १० मा ‘विश्व आत्महत्या रोकथाम दिवस’मनाईदै आइरहेको छ । यस वर्षको नारा “आत्महत्या रोकथाममा सबैको सहकार्य ” भन्ने रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसै अवसरमा The School of Psychology Nepal (TSOP Nepal) ले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न गैरहेको छ  । यसै नारामा आधारित रहेर कविता लेखनमा रुचि भएका सम्पूर्णलाई हाम्रो कार्यालयको निम्न इमेल ठेगानामा सेप्टेम्बर २ सम्ममा आइपुग्ने गरि कविता पठाउन हुन अनुरोध गर्दछौ ।

प्राप्त कविताहरुमध्ये एक कवितालाई विश्वआत्महत्या रोकथाम दिवसका दिन सर्वोत्कृष्ट घोषणा गरिनेछ ।

नोटः

कविता आईपुग्नुपर्ने अन्तिम मिति २ सेप्टेम्बर,२०१८ ।

इमेल ठेगानाः [email protected]

सम्पर्क नं. ०१–४१०७९५०

वेबसाइटः www.tsopnepal.org.np

 

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com