१५ जेठ, काठमाडौं । विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले  पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ लगायत छन् ।

पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएकाे छ । उनीहरूमाथि जुवा एेन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ । प्रहरी परिसर टेकुले १२ बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्