- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भावपुर्ण श्रद्धाञ्जली लोकतान्त्रिक आन्दोलनका धरोहर प्रति ,

March 31, 2018
2610
Shares
- ADVERTISEMENT -

लोकतान्त्रिक आन्दोलनका धरोहर , प्रभाबशाली नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्काको भारतको एपोलो अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा क्रियाशिल खड्काको निधनले पार्टीको एक कुशल संगठक र मुलुकको एक जुझारु अनुभवी नेता गुमाएको छ !! खड्काको नाम सुन्दा दरबार, मण्डले, माले र माओवादीहरुको मुटु काँप्दथ्यो, आज उनै नेता खड्काको महाप्रस्थानको दु:खद खबर आयो । मृत आत्माप्रति भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना !! अल बिदा !
अहिलेको खबर भ्रम होस भन्ने हाम्रो चहना हो।
कक्षा ८ देखि नै कलिलै ऊमेर मा तत्कालीन सरकार र ब्यवस्था विरूध्द बिद्रोह को बिगुल फुकेका खडका अन्ततह बि पि कोईराला को समीप भएर निर्वासन मा बसि देश र प्रजातन्त्र को निमित्त एक शक्तिसालि खम्बा नै रहेर काम गरेका ले बि पी का त्यो बेला बिश्वास पात्र रहे र दायाँ बायाँ केही नगरी सँघर्षरथ रहे , ससस्त्र बिद्रोह देखी राष्ट्रिय मेल मिलाप सम्म मा ऊनि एक कुशल सागठनीक योध्दा र प्रयाप्त राजनीतिक शक्तिशाली नेता का रुपमा ऊदयमान भय । सबै आन्दोलन को नेत्रृत्व मा रही आन्दोलन लाई ऊचाई सम्म पु-याऊन ऊनको योगदान अतुलनीय रह्यो साथै कार्यकर्ता को बिचमा अत्यन्त लोकप्रिय खडका बि पी , शुबर्ण , गणेशमान , किसुन जी का अत्यन्त प्यारा यूवा नेता का रुपमा प्रकट भय , बाराणसी मा निर्वासीत् खुम बहादुर बि पी सँग सबै भन्दा करीब हुने मध्धे एक रहे , भारत संग को सम्बन्ध मा त्यो बेला देखी नै ऊनि बिपी कै राष्ट्रवादि धार मा रहन सफल खडका लाई नैतिक रुपमा खस्काऊने प्रयत्न नभएको होईन तर ऊनि कहिले झुकेनन् ! २०३३ शाल मा बिपी संग राष्ट्रिय मेलमिलाप को नीति श्वरुप नेपाल फर्कने ६ जना मध्धे अहिले सम्म जीवित् ऊनि मात्र एक नेता हुन । निरंकुस पन्चायती ब्यबस्था बिरुद्ध हतियार ऊठाऊने नेता खडका लाई कठोर आजीवन काराबास र सर्वश्व हरण सम्म को सजाय भयो , जीवन को प्रवाह सम्म न गरी राजनैतिक पथ मा अबिछिन्न अगाडी बढने नेता खड्का आफ्ना कार्यकर्ता को लागी रोल मोडल नै रहे ,र हक्की श्वभाव का नीडर यूवा नेता खडका ले कहिल्यै षडयन्त्र को राजनीति गरेनन् ,जानेनन बल्कि अरु को षडयन्त्र को पटक पटक सिकार बनेको हामी सबैले सुनेका र देखेकै छौ ।
२०४६ शाल को निर्णायक जन आन्दोलन पश्चात प्राप्त प्रजातन्त्र को यक मीयो खुम ब गिरीजा प्र कोईराला का समेत पृय पात्र नै भय तर पनि पटक पटक दरबार ले गर्ने षडयन्त्र लाई ऊनले गिरीजा को आदेश अनुसार परास्त पार्ने मार्ग मा लागे , फलस्वरुप दरवार को आँखा को कसिँगर सम्म बन्न पुगे । सरल स्वभाव र दुरदृष्टि का अख्याता कोईराला राजनीति मा यो बेला सम्म निपूर्णता प्राप्त गर्न सक्ने काँग्रेसी अभियन्ता का रूपमा चर्चीत भै सकेको ऊनि लाई पत्तै भयन ,त्यसैले पार्टी भित्र र बाहीर बाट ऊनको प्रसस्ति बाट डहन सुरु भयो र ईनलाई प्रहार गर्न आरम्भ भयो , तै पनि ईनको ईमान्दारीता र राष्ट्रबादीता का कारण कसैले हल्लाऊन न सकि दरबार गुहारेर भय पनि गिराऊने चालबाजी भित्रै बाट प्रारम्भ गरीयो , फलस्वरुप झुट्टा मुद्दा लगाई सजाय सम्म दिलाई नैतीकता नै समाप्त गर्ने र यीनी लाई जनता बाट टाढा पार्ने खाल का कुत्सित् मनसाय ले आक्रमण भै नै रह्यो तै पनि ऊनि जनता का प्यारा नेता बनि रहे बिचलीत् भयनन
आज ऊनि यो संसारमा रहेनन।भारत को दिल्ली स्थित अपोलो अस्पताल मा ऊनि छटपटाऊंदा कुनै नेता को र राज्य को समेत निगाह परेन तथापी ऊहांका कार्यकर्ता ले हर सम्भव प्रयत्न गरेका हुन। धन्य नेता हरु धन्य राज्य एक सब्द बोल्न सम्म बोल्दैन , ऊनको टाऊको को मुल्य तोक्दा आजका नेता कोही मास्टर त कोही कतै अन्य पेसा मा थिए ।by Om Pandey,,,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com