Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:११ बिहान
- ADVERTISEMENT -

यो देशको दुर्गती हुनुमा नेताको मात्रै दोष हो ? – देउवा

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

295
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्।

नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने  तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने पनि उनले बताए।

‘जनताले भोट हाले भने हामी सरकारमा आउने हो। यो देशको दुर्गती हुनुमा जिम्मेवार को हो? नेता मात्रै हो कि कर्मचारीतन्त्र (ब्युरोक्रेसी) पनि हो?,’ निजामती सेवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने।

उनले कर्मचारीको सहयोगविना देशमा काम नहुने बताए। ‘हामी त चुनाव जितेर ५ वर्षका लागि आउने हो। कहिले हार्छ कहिले जित्छ,’ उनले भने, ‘कर्मचारीहरू त पेन्सनसम्म बस्नुहुन्छ। तर पनि काम भएको छैन, दुर्गती छ देशको। यसबारे हामीले व्यापक रूपमा छलफल गर्नुपर्छ।’

उनले कर्मचारीहरू दुर्गममा खटायो भने काम गर्न नजाने पनि बताए। उनले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए। साथै उनले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए।

जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्ने उनले बताए।

कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने उनले बताए। कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने उनले बताए।

‘कर्मचारीहरु स्थायी सरकार हो। मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -