Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१२:३५:५० राति
- ADVERTISEMENT -

गठबन्धनको भागबन्डामा कांग्रेसको हात माथि

प्रकाशित मिति: २०७९ भदौ २२, बुधबार

355
Shares

सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर उसको भागमा परेको छ । यसैगरी, जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ । सत्तारूढ गठबन्धनको आइतबारदेखि भागबन्डाको बैठक नेपालगन्ज उपमहानगरपालिकाको मेयरको भागबन्डा नमिल्दा मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।

बुधबार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगन्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउनेगरी सहमति जुटाएको हो । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबन्डा मिलेको हो ।

देशभरका ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको भागबन्डाको अवस्था हेर्दा गठबन्धनमा कांग्रेस बढी नाफामा देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व हात पारेको थियो । त्यसबखत ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख कंग्रेसले जितेको थियो ।

तर, अहिले कांग्रेसले गठबन्धनको भागबन्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद लिएको हो । यस्तै, २०७४ मा नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।

यसैगरी, सातवटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ । यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो । त्यसमा चारवटा थप गर्दै कांग्रेसले सातवटा महानगरको टिकट आफ्नो भागमा पारेको हो ।

२०७४ मा धरान, धनगढी र कलैया उपमहानगरपालिकाको मेयर पद कांग्रेसले जितेको थियो । हाल भने इटहरी, बुटवल, तुलसीपुर र नेपालगन्ज महानगरपालिकाको मेयर कांग्रेसले पाएको हो । राजधानी दैनिकमा खबर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -