Opens in a new tab
२०८३ मंसिर १, सोमबार
८:४७:०८ राति
- ADVERTISEMENT -

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा

प्रकाशित मिति: २०७९ साउन ९, सोमबार

584
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ । गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितिका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ । तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग गरे पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेका हुन् । नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैयाँका दरले रकम बुझ्ने गरेका हुन् ।

अध्यक्षले ग १ झ ३७४ नम्बरको स्कारपियो र उपाध्यक्षले बा २१ च ३६८६ नम्बरको बोलेर गाडी प्रयोग गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । उपाध्यक्ष गुरुङले प्रयोग गर्ने बोलेरो गाउँपालिकाले मासिक भाडामा लिएको हो । अध्यक्ष भट्टले प्रयोग गर्ने गाडी भने गाउँपालिकाले खरिद गरेको हो ।

नियमविपरीत यातायात सुविधा लिएको कुरा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले पनि औंल्याएको छ । ‘कार्यालयमा गाडी रहेको तथा आवश्यकताअनुसार नियमित रुपमा एक गाडी भाडामा समेत लिएको अवस्थामा यातायात सुविधा भनि रकम भुक्तानी दिनु नियमसम्मत देखिएन’, महालेखाको प्रतिवेदनमा लेखिएको छ ।

दोहोरो पर्नेगरी यातायात सुविधाबापत गाउँपालिकाले भुक्तानी दिएको दुई लाख ८५ हजार एक सय २० रुपैयाँ बेरुजु देखाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -