- ADVERTISEMENT -
- ADVERTISEMENT -

तारकेश्वरमा बैंककी कर्मचारीलाई लुटपाट गर्ने चारजना पक्राउ

November 27, 2025
70
Shares

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा एक महिलाको साथबाट सुन तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गत मंसिर ८ गते साँझ बैंकबाट काम सकेर घर फर्किने क्रममा ती महिला कर्मचारी लुटिएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय विशाल राई, नुवाकोटकै १८ वर्षीय साजन तामाङ र १९ वर्षीय समीर तामाङ रहेका छन्।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार साँझको समयमा पैदल घर फर्किदै गरेकी ती महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल र कागजातसहितको झोला मोटरसाइकलमा आएका व्यक्तिहरूले लुटेर फरार भएका थिए।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल, चाबीको झुप्पो, १२.६३० ग्राम सुनको झुम्का, ७.८ लालको सुनको टप र २ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -