काठमाडौ, मंगलबार, १७ जेठ २०७९ । संसदको बैठक आज विहान ११ बजे बस्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल आजको बैठकबाट सुरु हुँदैछ ।
बैठकमा एमालेका सांसदहरुलाई कडा रुपमा प्रस्तुत हुने अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । एमालेले बजेटलाई हावादारीको संज्ञा दिएको छ । अध्यक्ष ओलीले बजेटका बारेमा संसदमै भण्डाफोर गर्न आफ्ना साँसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।
आइतबार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दशन शर्माले करिब १८ खर्बको बजेट संसदमा प्रस्तुत गर्नु भएको थियो ।








































