पर्बत, बुधबार, ११ जेठ २०७९ । पर्वत जिल्ला तरुण दल अध्यक्ष तोरण मल्ल ठकुरी (राज) पैयु गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । गृहमन्त्री खाणले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै गठवन्धनको मर्म अनुसार गाउँ र जनताको सेवा गर्न मुख्य भुमिका खेल्न आग्रह गर्नुभयो ।
गठवन्धनले नै कांग्रेसको धेरै सिट आएको कुरा बताउदै उहाँले प्रदेश र संघ सम्मै गठवन्धन जाने बताउनुभयो ।

उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङ ,पैयु गाउँपालिका वडा न ७ का वडा अध्यक्ष तोयनाथ शर्मा ,नेपाल तरुण दल पर्वतको नेता बिप्लव हमाल, नेपाली कांग्रेस पर्वत पार्टी जिल्ला समिती सदस्य गुप्त प्रताप सेन, नेबिसंघ पृथ्वीनारायण क्याम्पसको नेता रेशम हमालको उपस्थित रहेको थियो ।








































