काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा बैठक बस्ने तय भएको छ ।
आज बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने तयारी छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। जसकारण सरकारले निर्णय गर्न लागेको हो।
नेपाल प्रहरीकाे आईजीपीका लागि विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक दाैडमा रहेका छन् भने सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् ।








































