Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:४० दिउँसो
- ADVERTISEMENT -

गोरखामा एकीकृत समाजवादीबाट सानुमाया र यादवबहादुर बस्नेतकाे उम्मेदवारी

प्रकाशित मिति: २०७९ वैशाख १५, बिहीबार

680
Shares

गोरखा, बिहिबार, १५ वैशाख २०७९ । गोरखा नगरपालिकाको मेयर र उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट सानुमाया बस्नेत र यादवबहादुर बस्नेतले उम्मेदवारी दर्ता भएको छ । घोषणापत्र सहित बस्नेतद्वयले उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि गठबन्धनमा आबद्ध चारदलहरुबीच तालमेल गर्ने विषयमा छलफल भइरहे पनि अन्तिम समयमा आएर कांग्रेस र माओवादीले आ–आफ्नै सुर गरेपछि समाजवादीले पनि उम्मेदवारी दर्ता गराएको हो ।

मेयरकी उम्मेदवार सानुमाया बस्नेत विगत लामो समयदेखि बाम आन्दोलनमा सक्रिय महिला नेतृ हुन् भने यादवबहादुर बस्नेत जिल्लामै लोकप्रिय नेता हुन् र उनी विगत लामो समयदेखि गोरखा भुगोलको राजनीतिमा अग्रणी भुमिका खेल्दै आएका छन् । यादब बस्नेत जनतामा लोकप्रिय नेता हुन् । उनले विगतमा त्याग गर्दै आएका थिए । उनी आफू पदको लागि नभई जनताको सेवा गर्न राजनीति गरेको बताउदै आएका छन् ।

उनी यसअघि नै सांसद तथा मन्त्री बनिसक्नु पर्ने लाइनमा भएपनि पार्टी संगठन व्यवस्थित गर्न तल्लिन रहिरहे । गोरखामा एमालेको संगठन निर्माण गर्न यादव बस्नेतको ठुलो योगदान रहेको बताइन्छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट गोरखा नगरपालिकाका लागि घोषणा पत्रको रुपमा तयार गरिएको मुख्य कार्यक्रमको रुपरेखा र प्रतिवद्धता सार्वजनिक गरिएको छ । प्रतिवद्धतामा निशुल्क स्वास्थ्य उपचारलाई जनताको अधिकारको रुपमा स्थापित गरिने बताइएको छ ।

यस्तो छ, मुख्य कार्यक्रमको रुपरेखा र प्रतिवद्धता

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट
गोरखा नगरपालिकाका लागि
घोषणा पत्रको रुपमा तयार गरिएको
मुख्य कार्यक्रमको रुपरेखा र हम्रो प्रतिवद्धता

१. नि:शुल्क स्वास्थ्य उपचारलाई जनताको अधिकारको रुपमा स्थापित गरिने ।
२. नगरको मौजुदा शैक्षिक अवस्था (गोरखा क्याम्स र द्रव्यशाह समेत) मा आवश्यकता अनुसार सुधार गरी शिक्षण पेशाको मर्यादालाई उँचा तुल्याई शैक्षिक गुणस्तर कायम गर्ने र प्रविधिमैत्री, प्राविधिक शिक्षामा जोड दिने ।
३. “निशुल्क खानेपानीः सुखी जिन्दगानी” भन्ने नारालाई व्यवहारमा उतार्ने गरी कार्यक्रम बनाइ लागु गर्ने ।
४. ऐतिहासिक गोरखा नगरपालिकामा “पर्यटन क्षेत्रको विकासः हाम्रो सरोकार” भन्ने मूल नारालाई साकार तुल्याउन यहाँका मूर्त तथा अमूर्त कला संस्कृति साथै ऐतिहासिक– पुरातात्विक महत्वका वस्तुहरुको अवस्था सूचिकरण गरी तिनीहरुको उचित संरक्षण र सम्बद्र्धन गर्दै व्यवसायीकरण गर्ने गरी समुदायमा आधारित कार्यक्रम बनाई लागु गर्ने ।
५ वन तथा वातावरण सं रक्षणका लागि सामुदायिक, नीजि तथा पारिवारीक वनमा जीवन उपयोगी वन व्यवस्थापन कार्यक्रम लागु गर्ने, साथै आत्मनिर्भरताका लागि उत्पादन वृद्धिमा जोड दिई ‘संरक्षित कृषि बजारः जीवनमा वाहार’ भन्ने अभियानलाई साकार पार्ने ।
६. कृषि तथा पशुपंक्षि विमा निःशुल्क गराई व्यवसायिक किसानहरुलाई सहयोग गर्ने ।
७. ‘खेलकुद र व्यायम ः स्वास्थ्य जीवनको आयम’ भन्ने उद्घोष सफल पार्न पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान निर्माण गरी खेलाडीहरुको समस्या समाधान गर्ने साथै युवाका प्रतिभा र क्षमता विकास गर्दै लैजाने ।
.८ ‘फोहोर बन्नेछ मोहरः सफा गाउँ र शहर” भन्ने नारालाई कार्यक्रम मार्फत सफल कार्यान्वयनमा लैजाने ।
९. जेष्ठ नागरिकको सम्मान गर्दै, हरेक वडामा बढीमा ५० र घटीमा १०० घर धुरी वरावर पर्ने गरी बाल स्याहार केन्द्र स्थापना गरी परिचालन गर्ने ।
१०. बैंक मार्फतको भइरहेको झंझटिलो वृद्धभत्ता वितरण सेवालाई घर–टोल सम्म पु¥याउने ।
११. हरेक हप्ता सबै वडाका टोलहरुमा नियमित रुटिङ बनाएर स्थानीय जनताका कामहरु छिटो छरितो र सहज रुपले सम्पादन गराउन “जनता देखि जनता सम्म” भन्ने कार्यक्रम कार्यान्वयन गर्ने ।
१२. नगरपालिकाको उपयुक्त स्थानमा (अत्याधिक जनताले सेवा पाउने) सुविधा सम्पन्न नगर पुस्तकालयको स्थापना र स्रोत केन्द्र सञ्चालन गर्ने ।
१३. गरिव तथा विपन्न वर्गको पहिचान गरी वर्गिकृत परिचय पत्र प्रदान गर्ने साथै आधारभूत आवश्यकताको न्यूनतम सुविधाबाट बञ्चित हुन नदिने गरी सेवा सुविधा प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित र सहयोग गर्ने ।
१४. प्रशासनिक खर्च भार कम गर्दै भ्रष्टाचार मुक्त नगरपालिका बनाउन प्रतिवद्ध रहने र नगरपालिकाका हरेक महिनाको खर्च र आम्दानी महिना भुक्तान भएको दोस्रोदिन सार्वजनिक गर्ने ।
१५. गोरखाका पत्रकारहरुको सुविधा र क्षमता बृद्धिका लागि “पत्रकारिता गाउँ” निर्माण गरी आधुनिक प्रविधिमैत्री पत्रकारिताको विकासमा जोड दिने ।
१६. गोरखा नगरपालिकाका भूमिहीन र सुकुम्वासी समस्या समाधान गरी उनीहरुलाई पेशा व्यवसाय तर्फ आकर्षण गर्ने ।
१७. गोरखा नगरक्षेत्रमा जटिबुटि जन्य पदार्थबाट उत्पादन हुने मदिराहरुको ब्राण्डिङ्मा सहयोग गरी व्यवसायिकरणका लागि प्रोत्साहित गर्ने ।
१८. सर्वसाधारणको काम गर्दा लिइने शुल्कलाई कटौति गरी अनावश्यक कगजी झन्जटबाट जनतालाई राहत दिने ।
१९. इन्धनमा भएको परनिर्भरता कम गर्न वातावरण संरक्षणलाई टेवा पुर्याउन प्रत्येक घर परिवारलाई ५० युनिट सम्म निशुल्क विजुली उपलब्ध गराइ इन्डक्सन चुल्ह्योर खरिदका लागि अनुदान दिने ।
२०. भौतिक पूर्वाधारका क्षेत्रमा सडकको स्थिति अनुसार स्तर उन्नति, कालोपत्रे गोरेटो, गल्ली सुधार लगायत खानेपानी सिन्चाइ लगायतका कामहरु प्रभावकारिताको आधारमा योजनावद्ध रुपले संचालन र परिचालन गरिने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -