Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:३७ दिउँसो
- ADVERTISEMENT -

गण्डकीमा गठबन्धनको मनोनयन भोलि मात्रै, एमालेको पनि टुंगिएन टिकट

प्रकाशित मिति: २०७९ वैशाख ११, आइतबार

651
Shares

पोखरा, ११ वैशाख २०७९ । गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनको भागबण्डा मिलेको छैन भने दलहरुले उम्मेदवार पनि टुंग्याउन सकेका छैनन् ।

दलहरुकाे अलमलले मनोनयन ढिला भएको हो । सकेसम्म अझै गठबन्धनको प्रयास गर्ने र नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरुको तयारी छ ।

त्यसैले आइतबार रातिसम्म प्रयास जारी राखिने कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । ‘आज अझै प्रयास गर्छौं । नेताहरुसँग छलफल गर्छौं । मलाई लाग्छ, गठबन्धन कायम हुनेछ,’ उनले भने, ‘त्यसैले गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छौं ।’ जिल्लाबाट रिपोर्ट झिकाएर बैठकमा ब्रिफिङ भैरहेको छ । गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवार छनोट प्रक्रियासमेत अलमलिएको छ ।

जिल्ला तहमा गठबन्धन बलियोसँग हुन नसकेपछि तालमेल टुट्ने देखिएको छ । गोरखामा कांग्रेस-माओवादीको मात्रै तालमेल गरिएकोमा केन्द्रले हस्तक्षेप गरेपछि अझै अन्योल सिर्जना भएको छ । अरु जिल्लामा पनि कुनै टुंगो छैन । आन्तरिक बैठक बसिरहेका छन् ।

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ गठबन्धन संस्कृति नभएका कारण समस्या भैरहेको बताउँछिन् । ‘हाम्रोमा गठबन्धनको संस्कृति छैन । त्यसमाथि फरक विचारधारा भएका पार्टीबीच गठबन्धन हुँदैछ,’ उनले भनिन्, ‘केही सकस भैहाल्छ । हामी मिलाउने प्रयासमै छौं ।’

जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले बैठकमा छलफल मात्रै भएको तर निर्णय हुन नसकेको बताए । गठबन्धनको प्रदेशस्तरीय बैठक शनिबार राति पनि बसेको थियो । अहिलेसम्म ८५ मध्ये कुनै पनि पालिकामा गठबन्धन मिलेको छैन । यद्यपि महानगरमा भने केन्द्रबाट भागवण्डा टुंग्याइएकाे थियाे ।

गठबन्धनको मात्र होइन, एक्लै चुनावी तयारी गरेको नेकपा एमालेमा पनि टिकट टुंगिएको छैन । शनिबार ३० पालिकाको मात्रै टिकट वितरण गरेको एमालेले आज बाँकी टिकट बाँड्ने छ । केन्द्रीय नेताहरु काठमाडौंमै भएकोले टिकट वितरण रोकिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -