Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:२६ दिउँसो
- ADVERTISEMENT -

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउनै कठिन

प्रकाशित मिति: २०७९ वैशाख ५, सोमबार

519
Shares

अर्घाखाँची, ५ वैशाख २०७९ । हैन, अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट काे काे उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेकाे छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने याेजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहाेल समेत बन्न सकेकाे छैन ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेकाे नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेकाे उनकाे भनाइ छ ।

‘विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने ‘सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

कहाँ अड्कियाे हलाे ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा साेही अनुसारकाे हैसियत माओवादी केन्द्रले दाबी गरिरहेकाे छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीकाे दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेकाे नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा नेतृत्व मागिरहेकाे छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेकाे एकीकृत समाजवादीले कम्तिमा एक पालिका छाेड्नै नसकिने जनाएकाे छ ।

गत निर्वाचनमा भूमिकास्थानमा राम्राे मत पाएकाे र कार्यपालिकामा बहुमत भएकाे राष्ट्रिय जनमाेर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेकाे छ । जनमाेर्चाले भूमिकास्थानकाे नेतृत्वसहित पाँच वडा दाबी गरेकाे छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमाेर्चाकाे दाबी छ ।

एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट राेक्ने मनसाय बाेकेकाे माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खाेजेका कारण गठबन्धननै संकटमा परेकाे ती नेताले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -