गोरखा, मंगलबार, २९ चैत्र २०७८ । भिमसेन थापा गाउँपालिकामा एमालेको तर्फबाट सुनिल लामिछाने अध्यक्षमा दावा गरेका छन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको भिमसेन थापा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा ८ जनाको दाबी परेको छ ।
सुरेश श्रेष्ठ, सुबास अधिकारी, सुनिल लामिछाने, सुजन सिंखडा, प्रेम कुमार पुडासैनी, शैलेश लामिछाने, ध्रुव ढकाल, नवराज पोख्रेल र हरि सिंखडाले अध्यक्षमा एमाले पार्टीबाट आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
को हुन् सुनिल लामिछाने
बि सं २०६४ सालमा सिद्द्कालि मा बि को अनेरास्वबियु अध्यक्ष
बि सं २०६८ सालमा गोरखा अनेरास्वाबियुको जिल्ला अध्यक्ष
अनेरास्वाबियु केन्द्रीय सदस्य हुदैं हाल एमाले जि क सदस्यमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
युवा उमेरमै पार्टीको आबद भएर महत्वपुर्ण जिम्मेवारी निर्वाह गरेका लामिछाने गाउँपालिका हाक्न दावी पेश गरेका हुन् ।








































