गोरखा, शनिबार, २६ चैत्र २०७८ । आगामी बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा गोरखाको सिरानचोकमा नेपाली कांग्रेसका तर्फबाट १३ जनाले गाउँपालिका अध्यक्षमा र ४ जना पालिका उपाध्यक्षमा आंकाक्षी रहनु भएको छ ।
सिरानचाेक गाउँपालिकामा फेरि राजु गुरूङले अध्यक्षकाे दावी गर्नु भएको छ । अन्य पालिकामा भन्दा सिरानचाेक गाउँपालिकाकाे विकासमा धेरै प्रगति भएकाे र पालिकामा रहेका अधुरो काम पुरा गर्न सिरानचोकमा राजु गुरुङ फेरि अध्यक्ष उठ्ने तयारी गर्नु भएको हो ।
सिरानचोकमा राजु गुरुङसंगै पालिका सभापति भक्तबहादुर गुरुङ, सिरानचाेक गाउँपालिका वडा न २ का वडा अध्यक्ष ज्ञानेन्द्र गुरूङ, जिवन बाँनियाँ, सी पी पाेखेरल, राजु थापा, विष्णु प्रसाद प्राेखेरल, प्रदिपबाबु ढकाल, माेहन प्रकाश पाेखरेल, महाधिवेशन प्रतिनिधि नविन श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्षसमेत रहनु भएका पत्रकार नरेन्द्र ढकाल, किशाेर गुरूङ र कुमारी गुरूङ पालिका अध्यक्षमा दावी गर्नु भएको छ ।
त्यसैगरी पालिका उपाध्यक्षमा फेरि रिता देवकाेटा आंकाक्षी रहनु भएको छ । उहाँसंगै नेवि संघकाे राजनीति गर्दै आएकी सुनिता पाेखरेल, भावना दानी र जिल्ला कार्यसमिति सदस्य शिला दवाडीले पालिका उपाध्यक्षमा दाबी गर्नु भएको छ ।








































