गोरखा, बिहिबार, २४ चैत्र २०७८ । स्थानीय निर्वाचनले देशभरको राजनीतिक माहोल तात्तिएको बेला भिमसेन थापा गॉंउपालिका उमेदवार बन्ने आकांक्षी बढ्दै गएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भिमसेन थापा गॉंउपालिमा चौतारा, चिया पसलमा सम्भावित उम्मेदवारको चर्चा चुलिन थालेको छ ।
कांग्रेसबाट भिमसेनथापा गाउँपालिकामा ९ जना गाउँपालिका अध्यक्ष र ६ जना उपाध्यक्ष दाबी गर्नु भएको छ । जसमा सम्भावना बोकेका अध्यक्षको दाबेदार तारानाथ पुडासैनी ।
भिमसेनथापा गाउँपालिकामा ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल , बिदेश नराल र लिला नाथ लामिछाने गाउँपालिका अध्यक्षमा उमेदवारको आंकाक्षी हुनुहुन्छ भने गाउँपालिका उपाध्यक्षमा बिनु लामिछाने, सरिता भट्ट के सी, अमृता वस्ती, शोभा भट्ट खनाल, शोभा वास्ताकोटी र इन्द्र कुमारी तिवारी आंकाक्षी हुनुहुन्छ ।
आफूले राजनीतिका माध्यमबाट आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्य सहित नेपाल बिधार्थी संघमा तारानाथ पुडासैनीले बि सं २०४० सालदेखि भीमोदय मा बि बाट सक्रिय रुपमा आफ्नो राजनीति यात्रा सुरु गर्नु भएको हो । बि सं २०४५ सालमा गोरखा क्याम्पस इकाई हुदैँ उपसभापति तथा ने बि संघ जिल्ला कार्य समिति सदस्य रहनु भएको उहाँले बताउनु भयो ।
राजनीति यात्राको पाइला अगाडी बढाउने क्रममा बि सं २०४६ सालमा ने बि संघ जिल्ला उपसभापति हुदाँ पञ्चायति राज्य सत्ता विरुद्ध आन्दोलनका क्रममा घादिङ्ग का सभापति राम नाथ अधिकारी संग चारपाटा मुडिएको बताउनु भयो ।
बि सं २०४६ सालमा ने बि संघको वार्षिक उत्सव मनाउने क्रममा तान्द्राङ्गबाट आफु गिरफ्तार भएको स्मरण गराउनु हुदैं २४ दिन सम्म दु:ख कष्ट का साथ सार्बजनिक अपराध मुद्दामा ७ दिन सम्म हिरासतमा बसी धरौटीमा रिहा हुनु भएको थियो ।
नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो । नेपाली कांग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए।५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए। यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो । जासमा तारानाथ पुडासैनी करिव साढे २ महिना जेल जीवन बिताउनु भएको थियो ।
बि सं २०४८ सालबाट क्रियाशील सदस्य सदस्य लिएर पार्टीको संगठनिक गतिबिधिमा सक्रिय रुपमा सहभागी रहदै आउनु भयो । बि सं २०५० सालदेखि शिक्षक पेशामा आबद्व भई जिल्ला तहमा नेपाल शिक्षक संघको सचिव हुदैँ पार्टीको हरेको गतिविधिमा निरन्तर सक्रिय रुपमा रहनु भएका पुडासैनी प्रत्यक निर्वाचनमा पार्टीको उमेदवारलाई जिताउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको बताउनु भयो ।
नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो । यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो । जुन आन्दोलनमा तारानाथ पुडासैनी नागरिक समाजको अगुवा गर्दै नेतृत्वदायी भूमिका खेल्नु भएको थियो ।
पार्टीले दिएको निर्देशन अनुसार आफ्नो योग्यता, क्षमता र दक्षताले अधि बढ्ने क्रममा बि सं २०७०सालको संबिधान सभा निर्वाचनमा पार्टीको निर्देशन अनुसार पार्टी लाई अग्र स्थानमा पुर्याउने क्रममा बि सं २०७० सालको निर्वाचनमा तत्कालिन ने क पा माओबादीले घर आगजनी गरी ध्वस्त बनाएको बताउदै उहाँले पार्टीको निर्देशन अनुसार शिक्षक पेशाबाट राजिनामा दिएर पार्टीको सांगठनिक गतिबिधीमा सक्रिय रहदै आएको बताउनु भयो ।








































