गोरखा, बिहिबार, २४ चैत्र २०७८ । स्थानीय निर्वाचनले देशभरको राजनीतिक माहोल तात्तिएको बेला भिमसेन थापा गॉंउपालिका उमेदवार बन्ने आकांक्षी बढ्दै गएका छन् ।
बि स २०४८ साल देखि दुल्लभ स्कुल ध्याम्पेसालबाट बिधार्थी राजनिति सुरु गरेका २०५२ सालमा सरस्वती क्याम्पस ठमेलमा ने बि संघ ईकाई मा रहि काम समेत गरेका बिदेश नराल (लक्ष्मण) गोरखा काठमाडौं सम्पर्क समितिमा रहि काम गरेको पनि अनुभव छ ।
पछिल्लो समय सफल ब्यवसायी समेत रहेका नराल १४ औं कॉंग्रेस अधिवेशनमा भिमसेन थापा गाउँपालिका सभापति समेत प्रतिस्पर्धा गरेका थिए । ऑंटिला स्वभावका नराल ध्याम्पेसालका स्थाई बासिन्दा भएको कारण पनि त्यस क्षेत्रमा उनको प्रभाव राम्रो छ ।
विगत लामो समयदेखि व्यवसाय संगै राजनिति गर्दै आएका नराल यस पटकको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने बताउनु भयो । ऑंफु पार्टीमा लामो समय देखि लागी रहेको र युवाहरुको पनि प्रतिनिधित्व गर्ने भन्दै सिमपानी न्यूजसंग कुरा गर्दै बलियो भएको र पछिल्लो समय गुट गत राजनितिले बिग्रीदै गरेको राजनिति प्रतिको बितिष्णा चिर्ने काम छु । मेरो दावा बलियो र स्वभाविक रहेको बताए का छन् ।








































