काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक अहिले बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।
‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणमा जाँदै छन्। भ्रमण अगाडि नै तालमेल र भ्रमणका एजेण्डा तय गर्न गठबन्धनको बैठक बसेको हो।
पाँच दलीय गठबन्धनबाट एमसीसीमा विमत्ति राख्दै जनमोर्चा बाहिरिएपछि हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) रहेका छन्।








































