काठमाडौँ, सोमबार, १४ चैत्र २०७८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताउनु भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उहाँले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताउनु भयो । ‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न‚’ थापाले भन्नुभयो । देशभरका लाखौँ मतदातालाई रुख बाहेक अन्यत्र भोट हाल्नका लागि आग्रह गर्दा भविष्यमा उहाँहरूले रुखमा भोट हाल्ने ग्यारेन्टी नभएको भन्दै गठबन्धन नगर्न आग्रह गर्नुभयो ।
‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ थापाले प्रश्न गर्नुभयो ।
बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताइ रहनु भएको छ ।








































