Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३५:३१ दिउँसो
- ADVERTISEMENT -

लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद

प्रकाशित मिति: २०७८ चैत ११, शुक्रबार

825
Shares

काठमाडौं, चैत १० गते । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ ।

बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न टेण्डर दर्ता गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमि आएको र यसको असर भारतमा पनि परेकाले विद्युत उत्पादन कमि भएपछि नेपालले विद्युत महँगोमा खरिद गर्न बाध्य हुनुपरेको घिसिङले जानकारी दिनुभयो । नेपालमा जलस्रोतबाट विद्युत उत्पादन गर्ने गरे पनि अन्य देशहरुले भने ७० प्रतिशत कोइलाबाट विद्युत उत्पादन गर्ने गरेका छन् ।

हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो । तर, विद्युत मूल्य भने महँगो पर्न गए पनि उपभोक्तालाई भने विद्युत नौ रुपियाँ युनिटमै बिक्री गर्ने घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उत्पादनमा कमी आएपछि २८० मेगावट विद्युत भारतको विहारबाट ल्याउँदै आएको भए पनि मङ्गलबारदेखि विहारले विद्युत दिन छाडेको छ ।

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । जेठ अन्तिमदेखि भने नेपालको कुल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अरब नोक्सान हुने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -