Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:४५ बिहान
- ADVERTISEMENT -

चुनाव जित्ने ओलीले देखाए यस्ता ६ आधार (ओलीको राजनीतिक प्रतिवेदनमा समेटिएको आधारसहित)

प्रकाशित मिति: २०७८ चैत ९, बुधबार

607
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली माओवादीप्रति आक्रामक बनेका छन् । पार्टीको आज देखि काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गदै ओली माओवादी प्रति आक्रामक बनेका हुन् ।

उनले आगामी चुनावमा प्रतिस्पर्धी पार्टी कांग्रेसप्रति खासै आरोप/प्रत्यारोप नगरी माओवादी प्रति भने आक्रामक बनेर उसका नेता कार्यकर्तालाइ जतिसक्दो पार्टीमा भित्राउने अभियान चलाउन प्रतिवेदनमार्फत नै पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

जिल्ला जिल्लाबाट पार्टी प्रवेशलाई अझ ब्यवस्थित बनाउन जोड दिँदै ओलीले चुनावमा एमालेलाई गठबन्धन नै गरेर आएपनि कसैले पछार्न नसक्ने जिकिर गरेका छन् ।

चुनावमा पार्टीको जीतका प्रर्याप्त आधार रहेको भन्दै ओलीले दस्तावेजमा यावत घेरावन्दी, आक्रमण र दुष्प्रचारका विरुद्ध पनि पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुष्ण रहनु र यस्तो अवस्थामा पनि जनविश्वास दिनदिनै वढदै जानु जितको मुख्य आधार भएको बताएका छन् ।

माओवादीप्रति आक्रामक
ओलीले पार्टी प्रवेशमा माओवादीलाई प्राथमिकता राखेको सन्देश दिने गरी प्रतिवेदन लेखेका छन् । ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी नेतृत्वलाई छोडेर एमाले प्रवेश गर्ने माओवादी नेता कार्यकर्ताको खास अर्थ र सन्देश रहेको वताएका छन् ।

ओलीले आफनो प्रतिवेदनमा भनेका छन्, –‘सत्ता स्वार्थ, अवसरबाद र राजनीतिक विकृतिमा चुलुम्मै डुवेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसवाट अलग हुदै एमालेमा आवद्ध हुने जनु राष्टब्यापी लहर चलेको छ । यसको खास अर्थ र सन्देश छ । आधारभूत तहवाटै पार्टी एकता अगाडी वढाउने हाम्रो अभियानले सार्थकता पाएको छ । एमाले नै मुलुकको नेतृतवदायी पार्टी तथा प्रमुख राष्टिय शक्ति हो भन्ने तथ्य यस घटनाक्रमले पुष्टि गरेको छ ।′

बैशाखीको साहरा कमजोरले टेक्छन्

ओलीले गठबन्धन बनाएर चुनाव लड्ने कुरा कमजोरहरुले मात्रै भएको बताएका छन् । उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्, –‘पाँच दलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो छ भनेर मनौवैज्ञानिक प्रभाव पार्न खोजिएको छ । तर हामी सपष्ट हुनुपर्छ गठबन्धन मोर्चा सामथ्र्यको प्रतीक होइन कमजोरीको घोतक हो । वैशाखीको साहरा त्यसलाई चाहिन्छ, जसका खुटटा कमजोर छन् ।′

एमाले कोही पार्टीसँग पनि चुनावी प्रतिस्पर्धामा जान नडराउने भन्दै ओलीले गत स्थानीय तह चुनावमा पनि माओवादी र कांग्रेस मिलेर लड्न आउँदा पनि एमाले स्थानीय तहमा पहिलो शक्ति बनेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘गत निर्वाचनमा कांग्रेस माओवादी गठवन्धनसँग लडेरै पनि एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेको थियो,′ ओलीले प्रतिवेदनमा स्मरण गरेका छन् ।

यी हुन् ओलीले प्रतिवेदनमा देखाएका एमालेले जित्ने ६ आधार

पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्गक्षा
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभाबकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धमा गरेको असाधारण योगदान
केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिमा खेलेको महत्वपूर्ण भूमिका, सथानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहमा महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका
राज्यका हरेक अंगमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि नेतृत्वदायी योगदान
नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पाटीृले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजविजी अधिकारभित्र राख्न विभिन्न दलवाट प्रकट भएका प्रस्तावको प्रतिवाद
एमालेको नेतृत्वको सरकारले स्थानयि तहलाई प्रभावकारी बनाउन वित्तिय, कानुनी र प्रशासनिक योगदान
विशेष अभियान चलाउने

ओलीले आफुमाथी सत्तागठबन्धन दलले विगतमा दुई दुई पटक संसद विघटन गरेको आरोप सहित आक्रमण गर्न सकने ठान्दै त्यसको प्रतिवादका लागि संगठन विभागको नेतृतवमा विशेष अभियान चलाउने प्रस्ताव पनि बैठकमा राखेका छन् ।

संसदीय प्रणाली, पूरानो जनादेश, नयाँ जनादेश, प्रतिगमनको आरोप, त्यसलाई खण्डन गर्ने तथ्य सहित संगठन विभागको तर्फबाट अभियान चलाउनु पर्ने ओलीको तर्क छ ।

उनले आफु नेतृत्वको सरकारले पृथकताबादी आन्दोलन गरिरहेका सिके राउत , हिंसात्मक आन्दोलन गरिरहेका विप्लव र सरकारमै सहभागी बनाएको उपेन्द्र यादव सम्मका विषयमा प्रष्टसाग जनतालाई वुझाउने गरी संगठन विभागले विशेष योजना बनाएर गएमा चुनाव जितिने जिकिर गरेका छन् ।

एमाले बैठकमा अहिले प्रदेश कमिटिबाट प्रदेशको अवस्था बारेमा रिपोटिङ्ग भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -