Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:०७ बिहान
- ADVERTISEMENT -

जनता सामु परीक्षण भएर पूर्ण असफल भइसकेका ओलीलाई अब शंको सुविधासमेत नभएको जिकिर

प्रकाशित मिति: २०७८ चैत ५, शनिबार

729
Shares

काठमाडौँ, ५ चैत्र २०७८ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका हुन्।

गृहजिल्ला तनहुँको ऋषिङ गाउँकालिका कार्यसमितिले शनिबार वडानम्बर ६ मा पर्ने ढुङ्गाडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनता सामु परीक्षण भएर पूर्ण असफल भइसकेका ओलीलाई अब शंको सुविधासमेत नभएको जिकिर गरे।

‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओली प्रति आक्रामक ढंगले प्रस्तुत भएका पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’
एमालेले गत निर्वाचनमा जारी गरेको घोषणा पत्रमा उल्लेख गरेका कुनै पनि योजना कार्यान्वयनमा नै आउन नसकेको पनि बताए। ‘चुनाव अघि आफैँले भनेका योजना सुरुवात भएनन्। घोषणा पत्रमा उल्लेख गरिएका कुनै पनि योजना कार्यान्वयन भएनन्,’ पौडेलले भने, ‘कार्यान्वयनमात्रै होइन, सुरुवात हुने सम्भावना नजिकसम्म पनि पुगेनन्।’

ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको दाबी थियो। ‘दुईतिहाइ बराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन,’ उनले भने।

जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -