बाजुराबाट एकल महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन्।
जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
प्रहरीले उनलाई जगन्नाथ गाउँपालिकाको इलाकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी ५ वर्षपछि पक्राउ गरेको हो।
शाहीले पीडित एकल महिलालाई २०७४ पुस १३ गते राति जबर्जस्ती करणी गरेको आरोप छ।
पीडित एकल महिलाको दुई छोराछोरी छन्। प्रहरीका अनुसार उनको बस्नको लागि घर नभएको कारण दुई छोराछोरीका साथ आफ्नै जेठीको घरमा बस्दै आएकी थिइन्।
त्यही मौका छोपी सो दिन सुतेको अवस्थामा पीडितको मुख छोपेर शाहीले जबर्जस्ती करणी गरेको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार शाही जबर्जस्ती करणी गरेपछी सो स्थानबाट फरार थिए।
उनी जिल्ला र मुलुक बाहिर विभिन्न स्थानहरूमा लुकीछिपी बस्दै आएको प्रहरीले जनाएको छ।
बाजुरा जिल्ला अदालत २०७६ भदौ ३ गते र उच्च अदालतल दिपायल २०७७ मंसिर ३० गते शाहीलाई दुई वर्ष छ महिना कैद फैसला सुनाएको थियो।
प्रहीले शाहीलाई सोमबार जिल्ला अदालत बाजुरामा पेस गरी कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय बाजुरामा पठाइएको जनाएको छ।








































