बैंकिङ कसुरका एक जना फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने राधा माताङ्गी छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राधाले सानिमा बैंक लिमिटेड, सुर्यविनायक शाखाको आफ्नो खातामा रकम नभए पनि झुक्याउँदै १९ लाख रुपैयाँँको चेक दिएकी थिइन् ।
सोही चेक बाउन्स भएपछि जिल्ला अदालत ललितपुरले उनलाई १९ लाख रुपैया जरिवना र पाँच दिन कैद सजायको फैसला सुनाएको थियो । पक्राउ लगत्तै उनलाई सीआईबीले अदालतमा पेस गरेको छ ।








































