Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४६:२६ दिउँसो
- ADVERTISEMENT -

ग्यास ढुवानी र विक्रेता कमिसन बढाउन माग

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

563
Shares

ग्यास उद्योग र विक्रेताले ग्यासमा दिइँदै आएको कमिसन बढाउन माग गरेका छन् । लामो समयदेखि कमिसन वृद्धि नभएको र लागत तथा मजदुर खर्च बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरूले कमिसन बढाउन माग गरेका हुन् ।


शनिबार काठमाडौंमा आयोजित ग्यास विक्रेता महासंघको आठौँ साधारणसभामा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यवसाय सञ्चालन गर्न कठिन भएकाले समयअनुकूल विक्रेता कमिसन बढाउनुपर्ने बताए । निगमले अहिले विक्रेता कमिसन प्रतिसिलिन्डर ४२ रुपैयाँ दिँदै आएको छ । लगानीको आधारमा ६ प्रतिशत कमिसन बढाउनुपर्ने उनको भनाइ छ । यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ९७ रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य हुने बेलाको ढुवानी कमिसन अहिले डिजेलको मूल्य बढेर १३३ हुँदा पनि नबढेको भन्दै बढाउन माग गरे ।
ढुवानी भाडा बढेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । कार्यक्रममा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले व्यवसायीका जायज माग सम्बोधन गरिने बताए ।


नेपाल आयल निगमलाई सबैभन्दा धेरै घाटा खाना पकाउने एलपीजी ग्यासमा रहेको उनले बताए । पछिल्लो १५ दिनमा ग्यासको घाटा १ अर्ब २६ करोड ३७ लाख रहेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि प्रतिसिलिन्डरमा ६ सय ६५ रुपैयाँ घाटा भएको हो । ग्यासको खरिद मूल्य २ हजार २ सय ४० रुपैयाँ रहेकोमा बिक्री मूल्य भने १ हजार ५ सय ७५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको स्थानीय बजारमा पर्न गएको हो ।


एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएपछि स्थानीय बजारमा पनि त्यसको असर परेको छ । चालू आर्थिक वर्षमा निगमले ग्यासमा तीन पटक मूल्य बढाएको छ । गत असार महिनामा प्रतिसिलिन्डर १ हजार ४ सय २५ रुपैयाँ रहेको ग्यासको मूल्य भदौमा प्रतिसिलिन्डर ५० रुपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ । यस्तै कात्तिक महिनामा ५० रुपैयाँ बढेर प्रतिसिलिन्डर १ हजार ५ सय पुगेको थियो । कात्तिकमै बढाएर १ हजार ५ सय ७५ पुगेको थियो । पछिल्लो समय ग्यासको खपत बढ्दै गएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएकाले खपत बढ्दै गएको हो । निगमका अनुसार ग्यासको मासिक कोटा ४५ हजार टन रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -