काठमाडौं । गायिका शान्ती श्री परियारले सर्वाेत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड हात पारेकी छन् । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ मा उनले सर्वाेत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड जितेकी हुन् । सर्वाेत्कृष्ट लोक दोहोरी गायकको अवार्ड कुशल बेल्बासेले हात पारेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ मा लाईफटाईम अचिप्मेन्ट अवार्डबाट गायक बम बहादुर कार्कीलाई प्रदान गरिएको छ ।
दशकका स्रष्टा सम्मान गायक रामजी खाणलाई प्रदान गरियो भने सदाबहार लोक गीतका रुपमा (कलकत्ते काईयो)लाई सम्मान गरिएको छ ।
संस्थागत स्रष्टा समान उपत्यका समन्वय समितिका संस्थापक दुर्गा रायमाझीलाई प्रदान गरेको आयोजकले लोक पत्रकारिता सम्मान पत्रकार नरेश फुयाँललाई प्रदान गरेको छ ।
सर्वाेत्कृष्ट राष्ट्रिय भावको गीतमा मनोज सिंह धामी, सर्वाेत्कृष्ट दोहोरी साँझ बाध्यबादकको अवार्ड रत्न बिकले हात पारे । सर्वाेत्कृष्ट लोक दोहोरी रेकर्डिष्टको अवार्ड सुमन रानालाई प्रदान गरियो भने सर्वाेत्कृष्ट लोक दोहोरी ध्वनी मिश्रणमा कुमार सानु पुनले हात पारे ।
सर्वाेत्कृष्ट लोक दोहोरी संगीत संयोजकको अवार्ड डोलराज बाह्रघरेले हात पारे भने सर्वाेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो सम्पादनतर्फको अवार्ड नवीन घर्ती मगरले पाए ।
सर्वोेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो छायांकन अवार्ड दुर्गा पौडेल, सर्वाेत्कृष्ट दोहोरी साँझ गायक सादुराम रोका, सर्वाेत्कृष्ट दोहोरी साँझ गायिका शर्मिला कंडेल, सर्वाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायक प्रकाश पराजुली, सर्वाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका मीना बुढाथोकीले हात पारे ।
सर्वाेत्कृष्ट परम्परागत गीत तेजिन्द्र गुरुङ, सर्वाेत्कृष्ट लोक गीत शंकर पन्त, सर्वाेत्कृष्ट लोक दोहोरी गीततर्फको अवार्ड प्रकाश सपूतलाई प्रदान गरियो । सर्वाेत्कृष्ट म्युजिक भिडियो निर्देशन अभिनय अवार्ड बिनोद भण्डारीले हात पारे भने सर्वाेत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो अवार्ड नृत्य निर्देशक स्मृती तिमिल्सिनाले प्रदान गरिन् ।
सर्वाेत्कृष्ट लोक दोहोरी शब्दतर्फको अवार्ड विजय चन्द दर्पण, सर्वाेत्कृष्ट लोक दोहोरी लयतर्फ गोबिन्द पंगेनी, सर्वाेत्कृष्ट लोक दोहोरी नायक नृत्यतर्फ सागर लम्साल (बले), सर्वाेत्कृष्ट लोक दोहोरी नायिका नृत्य रिना थापा मगरले अवार्ड हात पारे ।
सर्वाेत्कृष्ट जुरी अवार्ड महिलातर्फ सम्झना भण्डारी, सर्वाेत्कृष्ट जुरी अवार्ड पुरुषतर्फ युवराज मगर, सर्वाेत्कृष्ट एस.एम.एस च्वाईस अवार्ड सुरेन्द्र लामिछानेलाई प्रदान गरियो । सर्वाेत्कृष्ट क्रियटिभ अवार्ड काजिश श्रेष्ठ, सर्वाेत्कृष्ट मल्टी ट्यालेन्ट अवार्ड खेम सेञ्चुरी, सर्वाेत्कृष्ट लोक दोहोरी नायक अभिनय शिशिर पौडेल, सर्वाेत्कृष्ट लोक दोहोरी नायिका अभिनयतर्फको अवार्ड साया भण्डारीलाई प्रदान गरियो । सर्वाेत्कृष्ट लोक दोहोरी नव गायकतर्फको अवार्ड प्रकाश दुतराजले हात पार्दा सर्वाेत्कृष्ट लोक दोहोरी नव गायिकाको अवार्ड सुमन थापा मगरको पोल्टामा पर्यो ।
अवार्ड उपराष्ट्रपति नन्द किशोर पुनले प्रदान गरेका थिए । उनले गीतसंगीत कथा कलाकार र कलाकारिता क्षेत्रलाई राज्यले अपेक्षित सहयोग नगरेको बताए । हरेक राजनीतिक परिवर्तनमा गीतसंगीतको उल्लेख्य भूमिका रहेको भन्दै उनले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए ।








































