Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:००:१२ बेलुका
- ADVERTISEMENT -

छेउका पेट्रोलपम्प हटाउने महानगरको तयारीले व्यवसायी मर्कामा

प्रकाशित मिति: २०७५ फागुन १५, बुधबार

902
Shares

काठमाडौं, १५ फागुन २०७५ । सडक छेउका पेट्रोलपम्प हटाउने महानगरको तयारीले व्यवसायी आतंकित छन् । कुनै छलफल नै नगरी चालिएको कदम सफल नहुने निष्कर्ष व्यवसायीको छ । महानगर मापदण्ड नभएका पम्पलाई हटाएरै छाड्ने बताइरहँदा निगमले भने आपूर्तिमा समस्या हुने निष्कर्षमा पुगेको छ ।

राजधानीमा संचालित डेढ दर्जन पेट्रोलपम्प हटाउने काठमाडौं महानगरपालिकाको तयारी छ । सडक छेउमै खोलिएका १५ वटा पेट्रोलपम्पले ट्राफिक जाम गराएको र मानवीय क्षति बढेको निष्कर्ष निकाल्दै महानगरले पम्प हटाउन नेपाल आयल निगम लिमिटेडलाई पत्र काटेको छ । महानगरले ट्राफिक प्रहरी, आयल निगम, सडक विभाग र उद्योग मन्त्रालयका प्रतिनिधीलाई बोलाएर सडक छेउका पप्प हटाउन सहयोग मागेको छ । पेट्रोलपम्पका कम्पाउन्ड कम रहेकाले तेल भर्ने सवारी साधनको लाइन सडकसम्म पुगेर ट्राफिक जाम भएको देखिएपछि हटाउने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता
ईश्वरमान डंगोलको दावी छ ।

महानगरले टेकुमा रहेको कनक पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलङ्कीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जडीबुटीको कामाख्या पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प तथा महाराजगङ्जको सीता पेट्रोलपम्पलाई तत्काल हटाउने निर्णय गरेको होे ।

आयल निगम सडक छेउमा संचालित पम्पका कारण दुर्घटना बढेको स्वीकार गर्छ । तर एकैपटक १५ वटा पम्प विस्थापित गर्दा उपभोक्तामा ठूलो असर पर्ने निगमको भनाई छ । हटाउन लागिएका पम्पले मात्रै प्रतिदिन ६६ हजार लिटर इन्धन वितरण गर्दै आएका छन् । त्यसो त पछिल्ला ५ बर्षमा उपत्यकामा नयाँ पम्प स्थापनाको लागि आवेदनसम्म परेको छैन् । नयाँ नबन्ने र भएका पम्पलाई पनि एकसाथ हटाउँदा बजारमा इन्धन आपूर्तिमा समस्या आउने निगमका प्रवक्ता बिरेन्द्र गोइतको निष्कर्ष छ ।

पेट्रोलपम्प व्यवसायीले पनि महानगरको कदमप्रति बिरोध जनाएका छन् । ब्यवसायीसँग कुनै छलफल नगरी आफूखुसी पम्प हटाउन खोज्नु राम्रो कदम नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । बर्षौं पूराना पम्प हटाउने महानगरको निर्णयले उपत्यकामा इन्धन आपूर्तिमा समस्या थपिने पेट्रोलियम डिलर राष्ट्रिय संघका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बताउँछन् ।

विगत ५ बर्षको तथ्यांकलाई हेर्ने हो भने बार्षिक १२ प्रतिशतका दरले पेट्रोलियम पदार्थको बिक्रिवितरण बढेको छ । अहिले नयाँ पेट्रोलपम्प खोल्न महँगो हुँदै गएको छ । संचालकहरु पनि अन्य व्यवसायमा पलायन हुन थालकोले जोखिममा पर्दै गइरहेको यो ब्यवसायलाई महानगरले थप जोखिममा पु¥याएको व्यवसायीको आरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -