Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३८ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस जनताको मन जितेर मत जित्न चाहान्छ: नेता महर

प्रकाशित मिति: २०७८ फागुन २८, शनिबार

606
Shares

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियानको अघिल्लो दिन कंचपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले जनताको मन जित्न सके मत आफै प्राप्त हुने दाबी गरेका छन्। ‘कांग्रेस देशको जिम्मेवार पार्टी हो। कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन्। देश अप्ठ्यारो अवस्थामा पुग्दा कांग्रेसले नै सत्ता सम्हाल्नुपर्‍यो,’उनले भने।

‘निशुल्क स्वास्थ्य , शिक्षा संगै सर्वशुलभ यातायात, संन्चार र उद्यमशिलता ( रोजगार , जनताको अधिकार , कांग्रेसको सरकारको आफ्नो एजेण्डा पार्टीमा प्रवेश गरेकोले यसको कार्यान्वयन तर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको बताउदै उनले कांग्रेसलाई जन-जनको मन(मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन्।

एमालेले गफतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले कांग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।

हामी प्रत्येक वडामा पुगेर जनतालाई कांग्रेसले गरेका सकरात्मक कर्मका बारेमा जानकारी गराउने छौं। हामी धेरै बोल्दैनौं। भ्रमको खेति पनि गर्दै नौं। कांग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने। महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताएका छन्।

केही कारणवस चाहे अनुरुप काम गर्न नसके पनि कांग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए। जनताले दुई तिहाइका साथ विजयी गराए कांग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ।

‘हामी मजुदुरको घरमा पुग्ने छौं। बुद्धिजिवीका बिचार सुन्ने छौं। जनताका अपेक्षा सुन्ने छौं। कांग्रेसका योजना सुनाउने छौं। अब हामी जनतासँग हुने छौं,’ उनले भने। राजनीति जनताका लागि गरिने भएकाले कांग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ।

घरघर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -