Opens in a new tab
२०८३ मंसिर १, सोमबार
२:४४:०३ राति
- ADVERTISEMENT -

जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा प्रदान

प्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

641
Shares

रसुवा, सोमबार, २३ फागुन २०७८ । जेष्ठ नागरिकको सम्मानमा रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले घरघरमै पुगि सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण सुरु गरेको छ । शुक्रबारदेखि गाउँपालिकाले जेष्ठ नागरिकको घर घरमा पुगि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण गर्न सुरु गरेको हो ।

अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरघरमा पुगि ७० वर्ष माथिका जेष्ठ नागरिकको सम्मानमा न्यानो कपडा स्वरुप फाइबर सिरक, हट ब्याक बितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनु भयो । जेष्ठ नागरिकको सम्मानमा गाउँपालिकाको वडा नम्बर १ हाकुबाट अभियान सुरु गरेका छौँ, गाउँपालिकाको सबै वडामा यो अभियान संचालन हुन्छ, तामाङले भन्नुभयो, हरेक जेष्ठ नागरिकलाई एउटा फाईबर सिरक र हटब्याग बितरण गछौँ ।

त्यसैगरी कुमारी बैकको समन्वयमा बैङ्कको कर्मचारी सहित जनप्रतिनिधिहरु घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता समेत बितरण गरिएको उहाँले जानकारी दिनुभयो । बृद्वबृद्वाहरुको पहुँच बैङ्क सम्म नहुँदा लामो समयसम्म बृद्व भत्ता नलिएकाहरुका लागि बैङ्कको कर्मचारी साथमा लगि गाँउपालिकाले घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको उहाँको भनाई छ ।

गाँउपालिकाको पाँचै वटा वडाका ४ सय ४४ जनालाई न्यानो कपडा स्वरुप फाईबर सिरक र हटब्याक बितरण गरिने अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्याक्रमका फोकल पर्सन सन्देश पौडेलले बताउनु भयो । उहाँका अनुसार फागुन महिना भित्रमा बितरणको काम सक्ने योजना छ ।

हिमाली जिल्ला रसुवाको उत्तरी भेगमा प्राय बाह्रै महिना चिसो मौसम हुने भएकाले बृद्वबृद्वाहरुलाई न्यानो कपडा तथा बिद्युतिय हट ब्याग प्रदान गरिएको उहाँले बताउनु भयो । घरमै न्यानो कपडा सहित भत्ता पाएसँगै बृद्वबृद्वाहरु निकै खुशी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -