Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:००:२८ बिहान
- ADVERTISEMENT -

पालुङटार च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु

प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार

647
Shares

गोरखा, गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

प्राचीन एवं एेतिहासिक मन्दिरको संरक्षण सम्बर्धन तथा सो क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छ ।

फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञअवधिभर प्रखर बाचक युवा पंडित माधव महाराजको मुखारबृन्दबाट प्रवचन हुने भएको छ ।

उक्त महायज्ञबाट उठेको रकमबाट सो क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न पूर्वाधार निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

फागुन १७ गते पर्ने महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएको महायज्ञको आज एक कार्यक्रमका बीच गण्डकी प्रदेशका साँसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गर्नु भएको छ ।

सांसद दवाडीले सो अवसरमा च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरको परापूर्वकाल देखि निकै महत्व रहेको बताउँदै पालुङटार क्षेत्रलाई औधोगिक क्षेत्र सँगै धार्मिक र पर्यटकको हब बनाउनु पर्नेमा जोड दिनु भयो ।

साथै उहाँले मंगलेश्वर महादेव मन्दिरको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने भन्दै समग्र पालुङटारको विकासको लागि नगरपालिका संग सहकार्य गरिनेसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले मन्दिरको बिकासको लागि रु ५० हजारको चेक हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि पालुङटार नगरपालिकाका मेयर ईञ्जिनिएर दिपकबाबु कँडेलले पुरातत्वीक सम्पदाको संरक्षणमा सवै एक जुट हुनु पर्ने भन्दै विगतमा शिवरात्री मेलाको स्मरण गर्दै मेला, महोत्सव र जात्रालाई पनि उत्पादन र बजारीकरण सँग जोड्नु पर्ने बताउनु भयो ।

पालुङटारका केहि भागलाई औधोगिक क्षेत्रको रुपमा विकास गरिने तर्फ कार्य अगाडी बढिरहेको जानकारी दिँदैं मंगलेश्वर महादेव मन्दिरको विकासको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

मंगलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष शँकरराज कँडेल, नेवि संघका नेता सुभास अधिकारी, जनता समाजबादीका नेता राजकुमार परियार लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

विभिन्न टोल समिति र आमा समूहले कलश सहितको शोभा यात्रा निकालिएको कार्यक्रममा स्थानीय चन्द्रबहादुर कुमाल र संचारकर्मी शर्मिला विकले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -