सुर्खेत : सुर्खेत जिल्ला घर भएकी विनिता राना अहिले यति बेला ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ को उत्कृष्ट १५ मा परेकी छन ।
साधारण परिवारमा हुर्किएकी रानाले यति बेला छोटो समयमा नै निकै चर्चा बटुलिरहेकी छिन ।
उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरु मध्येबाट छनौट भई कुल १५ प्रतिस्पर्धी ‘मिस ब्युटीफुल नेपाल’ को सातौं संस्करणको बिजेता बन्नका लागि तयारीमा छन ।
आफू स्वयं नर्सिङ पेशामा संलग्न हुदाहुदै पनि सौन्दर्य प्रतियोगितामा आफुलाई समावेश गर्न पाउँदा सारै खुशी रहेको उनले बताएकि छिन । परिवारबाट पनि राम्रो साथ पाएकी रानाले टप १५ बाट आफुलाई पहिलो बनाउन कुनै कसर बाकी नराखेको बताएकी छन ।
मोडेलिङ क्षेत्र उनको लागि भिन्न भने होइन । उनी सानैदेखी यो क्षेत्रमा रुचि राख्दै आएको बताउछिन । उनले ‘मिस ब्युटीफुल नेपाल’ को ताज उचाल्न सकिन भने उनले मोडेलिङ क्षेत्रमा आफुले सकेको सहयोग गर्ने र दुखी अनाथ बालबालिका लाई केयर गृहमा लगेर राख्दिने पनि वचन गरेकी छन ।
सामाजिक काममा सक्रिय रानाले सानैदेखि गायन , कविता वाचन , लेखन , नाटक कलाकारितामा भिज्ने अनुभव रहेको बताएकी छन ।
‘मिस ब्युटीफुल नेपाल’को ताज पहिरनका लागी संघर्ष गरिरहेकी रानाले अन्य १४ जना सङ भिडनुपर्ने देखिन्छ ।
ताज पहिरनु सजिलो छैन विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानू पर्ने हुन्छ । सबै राउन्डमा फरक फरक नम्बर हुने गर्छन र अन्तमा जोडदा जस्को धेरै नम्बर आउँछ उसले नै ‘मिस ब्युटीफुल नेपाल’ को ताज पहिरिन्छ ।
अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रशिक्षण प्रदान भई रहेको कार्यक्रममा प्रतिस्पर्धीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको दक्ष ईन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेले बताए।








































