गोरखा, शनिबार, ७ फागुन २०७८ । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न ५ खाञ्चोकमा कांग्रेस पार्टी कार्यालय स्थापना गरिएको छ ।
नेपाली कांग्रेस भिमसेनथापा गाउँपालिका वडा न ५ बगुवा कार्यसमितिको आयोजनामा ७२ औँ प्रजातन्त्र दिवसको अवसर परेर उक्त कार्यालयको स्थापना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य एबम भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले रिवन काटेर उक्त कांग्रेस पार्टी कार्यालयको उद्घाटन गर्नु भएको थियो ।

कुबिर पौडेलको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा जिल्ला सदस्य केशर गुरुङ, क्षेत्र १ प्रदेश ख सभापति ठाकुर भट्ट, क्षेत्रिय सचिव रोशन गुरुङ, भिमसेनथापा गाउँपालिका सभापति नारायण भट्टराई लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो ।










































