Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:३३ बिहान
- ADVERTISEMENT -

प्रजातन्त्रका मूल्य मान्यताविरुद्ध काम गर्नेहरूलाई समयमा नै चिन्नुपर्छ : नेता महर

प्रकाशित मिति: २०७८ फागुन ७, शनिबार

553
Shares

काठमाडौं, शनिबार, ७ फागुन २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिस्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताउनु भएको छ । प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा आयोजना गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएका नेता महरले केपी ओली नेतृत्वको तीन वर्षे सरकारतर्फ इङ्गित गर्दै समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्यमान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने महरको भनाई छ ।

‘केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार प्रजातन्त्रको आवरणमा चुनावमा सहभागी भएर दुई तिहाइ बहुमतबाटै आएको हो । तर, सो सरकारका क्रियाकलाप प्रजातन्त्रका आधारभूत मूल्यमान्यताविरुद्ध थिए,’ नेता महरले भन्नुभयो । जनताका आधारभूत आवश्यकतालाई मध्यनजर नगरी समाजवादको नारा लगाउनेबाट प्रजातन्त्रलाई जोगाउनुपर्ने बेला आएको महरले बताउनु भयो ।

जति विकासका कुरा गरे पनि घरघरमा सडक पुर्‍याइए पनि नेपालमा प्रजातन्त्रका पक्षमा जनताको उपस्थिति न्यून रहेको नेता महरको भनाई थियो ।

पछिल्लो समय नेपालमा चर्चाको केन्द्रमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विरोधीप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०/२५ जना कम्युनिस्टहरूले विदेशीहरू आउनेभन्दै सुतेको प्रसंग सुनाउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -