काठमाडौ : बालाजु प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग मुडखु चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पश्चिम नवलपरासी जिल्ला विनयत्रीवेषी गा.पा-७ घर भई हाल नुवाकोट ककनी गापा ७ बस्ने ३८ वर्षिय प्रेम तामाङ र २६ वर्षिय राहुल थापालाई नियन्त्रणमा लिएको बालाजु प्रहरी वृतका प्रमुख प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनिहरुबाट १ किलो ५०० ग्राम गाजा बरामद गरिएको हो ।
उक्त दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वृतले जनाएको छ ।








































