काठमाडौँ, मंगलबार, ३ फागुन २०७८ । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार हुनु भएको छ । यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताउनु भएको छ । यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उहाँले बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गर्नुभयो ।
सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो । एमाले भने बैठकमा सहभागी भएको थिएन । ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भन्नुभयो, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ, म खुला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु ।’ उहाँले भन्नुभयो ।
सापकोटाले सदनको अवरोध खुल्नुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको बताउनु भयो । आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको उहाँले बताउनु भयो । ‘मेरो पहिलादेखिकै जोड भनेको सदन सुचारु हुनुपर्छ भन्ने हो । सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभाउनुपर्छ भन्नेमा म सचेत छु’, उहाँले भन्नुभयो, ‘सदन खुलाउनुपर्छ भन्ने विषयमा मैले केन्द्रित भए पनि निर्णायक भूमिका भने दलहरूकै हुने गर्छ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








































