काठमाडौं, सोमबार, २ फागुन २०७८ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पुरानो दललाई ब्यँुताउने तयारी गरेका छन् ।
‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’लाई मूल लक्ष्य राख्दै थापाले राप्रपा नेपाललाई ब्युँताउने भएका हुन् । सो दल निर्वाचन आयोगमा दर्ता छ भने दलको अध्यक्ष लाक्पा शेर्पा छन् । तर, शेर्पाले अध्यक्ष छाड्दै थापालाई अध्यक्ष चयन गरिएको भन्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गरिदिन पत्र पठाइसकेका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अध्यक्ष परिवर्तन गरिएको विवरण अद्यावधिक गरिदिन आयोगमा पत्र आएको जानकारी दिए । तर, आयोगले सो’bout निर्णय भने गरेको छैन । थापा अध्यक्ष चयन भएपछि आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको विवरण पत्र दर्ता गराइएको हो ।
लाक्पाले थापालाई दिए ‘अध्यक्ष’ पद
७ फागुनमा घोषणा
पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गर्दै सिंगो राप्रपाको अध्यक्ष बनेका थापा गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि गत मंगलबार पार्टी नै छाडेका थिए । पार्टी परित्यागको केही दिनमा नै थापाले एकताअघिको आफ्नो दल राप्रपा नेपाललाई ब्युँताउने भएका हुन् ।
थापाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने तयारी’bout जानकारी दिएका थिए । सो दलको घोषणा सभा ७ फागुनमा हुने थापाले भनेका छन् ।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं, केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं,’ उनले विज्ञप्तिमा भनेका छन् ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तनपछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ ।
‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उनले भनेका छन्, तर, २०७३ सालदेखि हामीले बाटो बिरायौं, पार्टी ठूलो बनाउने नाममा अति महŒवकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौं, गम्भीर राजनीतिक भुलका शृंखला सुरु भए, असहज र गलत प्रवृतिसँग सम्झौता गर्न थाल्यौं, फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौं,’ विज्ञप्तिमा भनिएको छ ।
आफ्नो दल आगामी स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने थापाको विज्ञप्तिमा भनिएको छ । राजधानीबाट ।








































