गोरखा, आइतबार, १ फागुन २०७८ । गोरखामा जनयुद्व दिवस कै दिनमा माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

जनयुद्व दिवस कै दिनमा ५२ जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । माओवादी जनयुद्वको सुरुवाती दिनलाई कालो दिन भन्दै पार्टी प्रबेश गरेको बताएका छन् ।

बारपाक सूलिकोट गाउँपालिका वडा नं ६ मैलुङमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता माननीय प्रकाश चन्द्र दवाडीको प्रमुख आतिथ्यमा ,महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, प्रदेश क्षेत्रीय सचिव सन्तोष दवाडी, प्रदेश प्रतिनिधि पूर्ण गुरुङ, वडा सभापति हरिचन्द्र भट्टको उपस्थितिमा नव प्रवेशीलाइ स्वागत गरेका छन ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता माननीय प्रकाश चन्द्र दवाडीले नवप्रवेशी सम्पूर्णमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो ।











































