Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:५६ बिहान
- ADVERTISEMENT -

प्रचण्डलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको जानकारी

प्रकाशित मिति: २०७८ माघ २७, बिहीबार

647
Shares

काठमाडौँ, बिहिबार, २७ माघ २०७८ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान खुमलटार पुगेका नेता कोइरालाले सरकारमा गठबन्धन गर्न तयार रहेको तर चुनावमा कांग्रेस कुनै हालतमा गठबन्धनमा जान नसक्ने धारणा राखेका हुन् । ‘भेटमा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न भन्नुभयो, तर उहाँ (कोइराला)ले गठबन्धन गर्ने भए सरकारमा गरौंला । चुनावमा कुनै हालतमा गठबन्धन गर्दिनँ भन्नुभयो’ भेटमा सहभागी कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।

यस्तै, नेता कोइरालाले अध्यक्ष प्रचण्डलाई एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि आग्रह गरेका छन् । भेटमा दुई नेताबीच स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थिति तथा संसदको गतिरोध अन्त्यका विषयलगायतमा पनि छलफल भएको थियो ।

कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -