Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:१७:०६ राति
- ADVERTISEMENT -

काठमाडौँ जिल्लाका सातवटा स्थानीय तहका प्रशासनिक भवनको निर्माण

प्रकाशित मिति: २०७८ माघ २३, आइतबार

425
Shares

काठमाडौँ, माघ २३ गते । काठमाडौँ जिल्लाका सातवटा स्थानीय तहका प्रशासनिक भवनको निर्माण कार्य धमाधम भइरहेका छन् ।

अहिले जिल्ला समन्वय समितिको मौजाद कोषबाट जिल्लाभित्रका पालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् । चन्द्रागिरि नगरपालिका, कीर्तिपुर, टोखा, नागार्जुन, शङ्खरापुर, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् ।

त्यस्तै कीर्तिपुर नगरपालिका–६ को वडा प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकाको वडा नं. २ र ७ को प्रशासनिक भवन, गोकर्णेश्वरको वडा नं. ६, ८ र ९ को वडाको प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकामा गैरीगाउँ खानेपानी आयोजना निर्माण भइरहेको जिल्ला समन्वय समिति काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिकामा भने सूर्यकोटदेवी खानेपानी आयोजनाका लागि बजेट प्रदान गरेको जिल्ला समन्वय समिति कामठाडौँका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भने आशयपत्र प्रदान गरिएको छ ।

जिल्लाभित्रका स्थानीय तहका प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार विकासका लागि स्वीकृत ठेक्का लागतको ६० प्रतिशत जिससले र ४० प्रतिशत सम्बन्धित पालिकाले बेहोर्ने जिसस मौजाद कोष सञ्चालन निर्देशिकामा उल्लेख छ ।

जिससले प्रशासनिक भवन निर्माणको भौतिक प्रगतिका आधारमा आवश्यक कागजातसहित जिससले अनुगमन गरी तीन किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ ।

उक्त नगरपालिकाले ४० देखि ९५ प्रतिशतसम्म प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरेको अर्यालले बताउनुभयो । उक्त पालिकाको प्रशासनिक भवन निर्माण भइसक्दा जिससले ५९ करोड ३६ लाख ५३ हजार ६१४ रुपियाँ प्रदान गर्ने जिससले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -