काठमाडौं, १८ माघ २०७८ । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूध प्रतिलिटर साढे ६ रुपैयाँ वृद्धि गरेको हो ।
किसानहरुले दूधको मूल्य बढाउनुपर्ने भनी लामो समयदेखि माग गर्दै आएका थिए । किसानको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकबाट १३.१७ प्रतिशत मूल्य वृद्धि गरेको हो ।
दूधको भ्याट र एसएनफ (धृतांश बाहेकको ठोस पदार्थ) का आधारमा दूधको मूल्य वृद्धि गरिएको हो । किसानले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत बढी पाउनेछन् ।
मूल्यवृद्ध गरिएसँगै किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम भएको छ ।
उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।
दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले गठन गरेको समितिले प्रतिलिटर प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सरकारलाई सिफारिस गरेको थियो ।








































