Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:२६ बिहान
- ADVERTISEMENT -

जिम्मेवारी हस्तान्तरण गर्न उत्तिकै रूपमा व्यग्र प्रतीक्षामा

प्रकाशित मिति: २०७८ माघ १७, सोमबार

529
Shares

काठमाडौँ, माघ १७ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति सङ्घ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरुङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाउनुभएको छ । माघ ११ गते राजीनामा पत्र बुझाउनुभएका गुरुङले सङ्घको महाधिवेशन गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउनुुभएको छ ।

झन्डै १४ वर्षदेखि सङ्घको तदर्थ समितिको नेतृत्व गर्नुभएका गुरुङले भन्नुभयो, “सङ्घीय संरचनाअनुसार विधान संशोधन गर्नपर्ने थियो तर २०७४ देखि अहिलेसम्म विधान संशोधन भएन । त्यसैले तदर्थ समितिमा बसिरहन उचित लागेन र राजीनामा दिएको हुँ ।”

सङ्घ मात्रै होइन, नेपाली काँग्रेसको १३औँ महाधिवेशनकै बेला पदावधि सकिए पनि सबैजसो भ्रातृ सङ्गठको महाधिवेशन हुन नसक्दा साङ्गठानिक संरचना अस्तव्यस्त छ । तदर्थ समितिको नेतृत्व गरिरहेका नेताहरू जिम्मेवारी हस्तान्तरण गर्न उत्तिकै रूपमा व्यग्र प्रतीक्षामा छन् ।

काँग्रेसको नेतृत्व उत्पादन गर्ने प्रभावशाली सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलसहितका १३ भ्रातृ संस्थाको महाधिवेशन नहुँदा कार्यकर्तामा अन्योल छ । नेपाल महिला सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजको महाधिवेशन हुन सकेको छैन । यस्तैमा केही भ्रातृ सङ्गठनका अध्यक्षहरू १४औँ महाधिवेशनबाट काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएपछि ती सङ्गठनको नेतृत्व नै रिक्त भएको छ । नेपाली काँग्रेस विधानअनुसार पार्टीको माथिल्लो पदमा निर्वाचित भएमा वा मनोनीत भएमा भ्रातृ सङ्गठनको जिम्मेवारीबाट स्वतः मुक्त हुन्छ ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । त्यसअघि नै महासचिव मञ्जु खाण केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतार पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाल दलित सङ्घ तदर्थ समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । संयोजक मीनबहादुर विश्वकर्मा (मनोनीत), तदर्थ समिति महासचिव लक्ष्मी परियार र कोषाध्यक्ष हरिशरण नेपाली काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

महाधिवेशनको निर्णय चाँडै
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनका क्रममा पार्टीभित्र सहमति गरी सबै भ्रातृ सङ्गठनको महाधिवेशन गर्ने उद्घोष गर्नुभएको थियो तर पार्टीभित्र सहमति नजुट्दा महाधिवेशन हुन सकेको छैन । महामन्त्री गगनकुमार थापाले भ्रातृ संस्थाहरूलाई एकमुष्ट महाधिवेशन गर्ने गरी पार्टी पदाधिकारीहरूबीच छलफल भइरहेको बताउनुभयो । उहाँले केही भ्रातृ संस्थाका प्रमुख पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाले ती भ्रातृ सङ्गठनको महाधिवेशन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -