पोखरा, बुधवार, १२ माघ २०७८ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३ सय ६० मतभारको अन्तरले पराजित गर्नु भयो ।
पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार हुनु भएको थियो । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार प्रात भएको थियो । गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छाेडेका थिए ।
पन्तले प्रदेश सांसदबाट २९ मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत गर्नु भयो । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाउनु भयो भने थनेतले ७४ मत पाउनु भएको थियो ।








































