विराटनगर, बुधवार, १२ माघ २०७८ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी हुनु भएको छ ।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनु भएको हो । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।
उहाँ अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बन्नु भएको थियो । शेर्पाले ४ हजार ७३ सय ४ मत भारसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित हुनु भयो । जसपाका राईलाई गठबन्धनले अगाडि सारेको थियो ।








































