विरेन्द्रनगर, सोमबार, १० माघ २०७८ । राप्ती नगरपालिका ७ स्थित शिरकोटमा विपन्न विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ ।
प्रवासी नेपाली मञ्चको आर्थिक सहयोगमा मातृ सहयोग आधारभूत विद्यालय राप्ती ७ मा न्यानो कपडा वितरण गरिएको हो ।
आइतवार विद्यालयका कक्षा १ देखि ५ सम्मका अध्ययनरत १ सय ३५ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्वीटर वितरण गरिएको हो ।
कपडा वितरण कार्यक्रमका प्रमुख अथितीको रुपमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द प्रसाद कँडेल, विशिष्ट अथितिमा राप्ती ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, समाजसेवी तथा वाघदेवी वनका अध्यक्ष सुकमान गुरुङ, राप्ती नगरपालिका शिक्षा शाखा (स्रोत शिक्षक) सोमनाथ तिवारी,अथितिहरुमा स्वीटर सहजकर्ता विश्वशान्त लामा, बाबुराम तामाङ, गोमनसिंह लामा, अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्ष उमाकान्त कँडेल रहेका थिए ।
कार्यक्रममा ३४ जनाले आर्थिक सहयोग गरेका थिए । न्यानो कपडाको लागि विशेष सहयोग भने प्रवासी नेपाली मञ्च जापानले गरेको हो ।
स्वीटर वितरण कार्यक्रमको नेतृत्व विश्वशान्त लामाले गरेका थिए भने केही समय अघि लामाकै पहलमा राप्ती –१० र ११ मा गरि १८० जना विद्यार्थी, राप्ती–६ स्थित धमौरामा ९३ जना विद्यार्थी र राप्ती १२ स्थित चात्राङमा ११९ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कोरोना माहामारीको बेला विश्वशान्त कै पहलमा जटिल समयमा मास्क र स्यानीटाइजरका साथै खाद्यान्न समाग्री र कपडा वितरण गरिएको थियो ।
विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण गरेकोमा अतिथिहरुले प्रवासी नेपाली मञ्च जापान र पहल गर्नुहुने सामाजसेवी तथा युवानेता विश्वशान्त लामालाई धन्यवाद व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डोरनाथ आचार्यले गरेका थिए ।









































