Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५० बिहान
- ADVERTISEMENT -

धम्कीपूर्ण अभिव्यक्ति दिएपछि यातायात मन्त्री यादवको चर्को विरोध

प्रकाशित मिति: २०७८ माघ ८, शनिबार

616
Shares

काठमाडौं, शनिबार, ८ माघ २०७८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसात्मक गतिविधिलाई प्रश्रय दिने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि उहाँको चौतर्फी विरोध भएको छ ।

कानुनको पालना गराउने ओहोदामा बसेर हत्यालाई उक्साउने किसिमको अभिव्यक्ति दिनु आपत्तिजनक भएको भन्दै चौतर्फी आलोचना भएको हो । उहाँलाई पदबाट तत्काल बर्खास्त गर्नुपर्ने दबाबसमेत बढेको छ । मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति आक्रोशित बन्नुभएकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिनुभएको थियो । उहाँको भनाइ थियो, ‘यो इतिहास बोकेको जिल्ला हो । राइस मिल घटना याद गर्नू । टकराउन खोज्यौ भने तिम्रो त्यही हालत हुनेछ, जुन गौरको राइस मिलमा भएको थियो ।’

हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तुफानसँग टकराउने कोसिस गरेमा सिके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । गौरको राइस मिल त्यो ठाउँ हो जहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २०६३ चैत ७ मा २७ जना माओवादी कार्यकर्ताको क्रूरतापूर्वक हत्या गरेका थिए । त्यो घटना सुनियोजित ढंगले भएको भन्दै नेता उपेन्द्र यादव, बबन सिंहलगायत विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन प्रहरीमा उजुरी परेको थियो । यद्यपि, सो मुद्दाको अनुसन्धान अहिलेसम्म हुन सकेको छैन । बर्बर र पाशविक हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको टिप्पणी भइरहेको छ ।

पहिलो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको स्मृतिमा समाजवादी युवा संघ रौतहटले बुधबार ‘बलिदान दिवस’ आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री यादव आउने थाहा पाएपछि जनमत पार्टीका कार्यकर्ता हातमा फराठा (बाँसको लाठी) बोकेर सदरमुकाम गौरमा भेला भएका थिए । कालो झण्डा देखाउने उनीहरूको योजनाबीच स्थानीय प्रशासनले मन्त्री यादवलाई रुट बदल्दै कार्यक्रमस्थलमा पु¥याएको थियो ।

मुलुकको जिम्मेवार ओहोदामा बसेका व्यक्तिले अराजकता हिंसा भड्काउन खोजेकामा राजनीतिक तथा नागरिक समाज चिन्तित देखिएका छन् । यस्ता अभिव्यक्तिले राउतकै उपद्रोलाई बढावा दिने भन्दै मन्त्रीमाथि कारबाही गर्नुपर्ने चर्को दबाब भइरहेको छ ।

मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सिके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताउनुभएको छ । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु विडम्बनापूर्ण रहेको उहाँले बताउनुभएको हो । मधेश बलिदान दिवसको अवसरमा बुधबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सिके राउतलाई ज्यान लिने धम्की दिनुभएको थियो । त्यसप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री ज्ञवालीले लेख्नुभएको छ, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै विडम्बनापूर्ण छ ।’ उहाँले अपराधलाई दुरुत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताउनुभएको छ ।

यादवलाई तत्काल पदमुक्त गर्न नागरिक समूहको माग

नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । बुधबार सार्वजनिक मञ्चबाट व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको प्रति आपत्ति प्रकट गर्दै केही नागरिक अगुवाहरूले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएको उल्लेख गर्दै मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराधसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको स्वतः स्पष्ट हुने नागरिक अगुवाको भनाइ छ । बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको पनि अपिलमा उल्लेख छ ।

मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व भएकाले यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैँ लिनु अति आवश्यक रहेको उनीहरूले बताएका छन् । मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । अपिलमा डा. केदारनरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितको हस्ताक्षर रहेको छ ।

राउतको हत्या गर्ने नियतले भनिएको होइन : राज्यमन्त्री यादव

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दाबी गर्नुभएको छ । हिंसात्मक अभिव्यक्ति दिएपछि मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर उहाँको बचाउ गर्नुभएको हो । उहाँले मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सिके राउत र उहाँका कार्यकर्तालाई सुझाव दिएको दाबी गर्नुभयो ।

राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोपसमेत लगाउनुभयो । गौर क्रान्तिकारी भूमि भएको र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिन सक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न मन्त्री यादवले चेतावनी मात्र दिएको उहाँको तर्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -