Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५१:२६ बिहान
- ADVERTISEMENT -

ठूला भ्रष्टाचारका फाइल खोल्न प्रधानमन्त्रीले नै चासो दिनुपर्ने : उपसभापति गुरुङ

प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार

803
Shares

काठमाडौं, मंगलबार, ४ माघ २०७८ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन सरकारमा ‘पर्फमेन्स’ दिन नसक्ने मन्त्रीहरुलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । उपसभापति गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पूरा गरेपनि केही मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् ।

‘६ महिनाको अवधिमा सरकारले मिश्रित काम गरेको छ । कोरोना नियन्त्रणका लागि गरेको प्रयास राम्रो छ तर न्यूनतम साझा कार्यक्रम लागु हुन सकेको छैन ।

केही मन्त्रीहरुले झण्डा हल्लाउने बाहेक काम देखाउन सकेका छैनन्’, गुरुङले भने । उनले मन्त्रीहरुले गर्ने कामबाट नै जनताले सरकारको मूल्यांकन गर्ने भन्दै ‘झण्डा मात्रै हल्लाउने’ मन्त्रीलाई कांग्रेसले फिर्ता बोलाउने बताए ।

‘हामी सरकारको कामबारे पार्टीमा अवश्य समिक्षा गर्छौ । गठबन्धनमा पनि यसबारे समिक्षा हुनुपर्छ ।

कांग्रेसको भएपनि नभएपनि जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई प्रधानमन्त्री आफैले पदमुक्त गर्नुपर्छ’, गुरुङले भने । उनले प्रधानमन्त्री देउवाले नै उचित मूल्यांकन गरेर मन्त्रिपरिषद हेरफेर गर्नु उपयुक्त हुने बताए ।

फरक सन्दर्भमा मन्त्री गुरुङले ठूला भ्रष्टाचारका फाइल खोल्न प्रधानमन्त्रीले नै चासो दिनुपर्ने बताए ।

‘न्यूनतम साझा कार्यक्रममै ठूलो अनियमितताको छानबिन गर्ने लेखेको छ । प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई ठूला भ्रष्टाचारका फाइल खोल्न आग्रह गर्न त सक्नुहुन्छ नि’, गुरुङले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -