काठमाडौं, शनिबार, २४ पौष २०७८ । नेपालबाट विभिन्न सामाजिक सञ्जालमा अनधिकृत रूपमा गरिएको विज्ञापन रोक्न विज्ञापन संघले माग गरेको छ । शुक्रबार संघले आफ्नो २२ औं वार्षिक साधरण सभामा यस्तो माग गरेको हो ।
संघका अध्यक्ष सोमप्रसाद धितालले सामाजिक सञ्जालमार्फत करिब ६ अर्बका विज्ञापन भइरहेको बताउनु भयो । विज्ञापन हुँदा मूलधारका सञ्चारमाध्यम संकटमा परेको बताउँदै उहाँले त्यसरी विज्ञापन गरिँदा राज्यले समेत राजस्व गुमाएको भन्दै उनले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर विज्ञापन बजारलाई व्यवस्थित बनाउनुपर्ने जोड दिनुभयो ।
यसैगरी, अध्यक्ष धितालले नेपालमा हाल १४ अर्ब रुपैयाँ बराबरको विज्ञापनको बजार रहेको र क्लिनफिड पूर्ण रूपमा लागू नहुँदा विज्ञापन क्षेत्र अझै पनि समस्यामा परेको बताउनु भयो । साथै, उहाँले कोभिडका कारण विज्ञापनको बजार खुम्चिएको जानकारी गराउँदै चालू आर्थिक वर्षमा १६ अर्ब हुने अपेक्षा गरेको बताए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको असहज अवस्थामा पनि विज्ञापन बजार राम्रै रहेको बताउनु भयो ।
उहाँले विज्ञापन बजारलाई प्रोत्साहित, व्यवस्थित, मर्यादित, प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्ने बताउनु भयो । संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमलाई छुट्याउन आवश्यक रहेको धारण राख्नु भयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले विज्ञापन बजारलाई असर गर्ने कुनै पनि काम नगरेको बताउनु भयो ।
उहाँले हाल सामाजिक सञ्जालमा हुँदै आएको विज्ञापनबाट ६ अर्ब रुपैयाँ गुमाउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालका कारण विज्ञापनको बजारमा असर गरेको बताउनु भयो । राजधानीबाट








































