काठमाडौं । नेकपा (माअोवादी केन्द्र)को आठौँ महाधिवेशमा जारी बन्दसत्र पुनः सुरु भएको छ ।
प्रदेशतर्फ प्रतिनिधित्व गर्ने समानुपातिक केन्द्रीय सदस्यको टुंगो लगाउन केही घण्टा बन्दसत्र स्थगित भउको थियो । अपराह्न पौने ४ बजेसम्मका लागिबन्द सत्र स्थगित भनिएपनि साढे बजेबाट बजेमात्र सुरु भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले प्रदेशतर्फ सर्वसम्मत गर्दै टुंग्याएका नाम पडेर सुनाउने छन् । उनले पढेर सुनाएका नाम बन्दसत्रमा अनुमोदिन भएपछि निर्वाचन आयोगले उनीहरू निर्वाचित भएको घोषणा गर्ने छ ।








































