Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:३६ बिहान
- ADVERTISEMENT -

एमसीसीबारे गृहमन्त्री खाँणले भने- ‘याे देश र जनताका लागि हाे, कुनै सैन्य गठबन्धन हैन’

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

493
Shares
file photo

काठमाडौँ, १६ पुष २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै अमेरिकी सहयाेगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पारित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरू कुरा गर्दै उनले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए । उनले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रूपमा आएकोले त्याे रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्‍याए ।

गृहमन्त्री खाँणले भने, ‘एमसीसी कुनै सैन्य गठबन्धन हुँदै होइन । र यो नेपालको भौतिक विकासको लागि नै हो । जलस्रोतको धनी देश नेपालमा अहिले प्रस्तावित भएका, निर्माणाधीन रहेका जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भइसकेपछि त्यो खपत गर्न, निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत साधन चाहिन्छ ।

र त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दा सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो । यो फेरि हामीले तिर्नुपर्ने रकम होइन, यो त अनुदान हो । अनुदानको रूपमा आउने यो रकमलाई नेपालीहरूले सदुपयोग गर्नुपर्छ । र यसलाई सदुपयोग गर्न सक्छौँ भन्ने हाम्रो विश्वास हो । त्यस कारणले यो अगाडि बढ्छ । यसमा सहमत नहुने साथीहरूलाई पनि हामीले बिस्तारै सहमत बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ । मिलेर अघि बढाउने । यो देशकै लागि हो । सबै जनताकै लागि हो ।’

गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरूको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -